इरानको आणविक केन्द्रमा इजरायलको आक्रमण, आफ्नो संलग्नता नरहेको अमेरिकाको दाबी

इजरायलले इरानको आणविक केन्द्रमा आक्रमण गरेको छ । इजरायलका रक्षा मन्त्री एरिक काजले आफ्नो देशमा आपतकालको घोषणा गर्दै लक्ष्य अनुसार तेहरानमा रहेको आणविक केन्द्रसहित धेरै शहरमा आक्रमण गरेको दाबी गरेका छन्।
इजरायली एयर फोर्सको जेटले पहिलो चरणको काम सकेको उहाँको भनाइ छ । इजरायलले आज बिहानै गरेको आक्रमणमा इरानको रिभल्युसनरी गार्ड कोरका प्रमुखसहित केही वरिष्ठ सैन्य कमाण्डर मारिएका छन् ।
आक्रमणमा इरानको रिभोल्युसनरी गार्ड कोरका प्रमुख हुसेन सालामी, केही वरिष्ठ सैन्य कमाण्डर र इरानका आणविक वैज्ञानिक मोहम्मद महदी तेहरानची र फेरेयोदुन अब्बासी मारिएका छन् । इजरायलले सैन्य कारबाहीलाई ‘अपरेशन राइजिङ लायन’ को नाम दिएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमणलाई निर्णायक क्षणको संज्ञा दिनुभएको खबरमा उल्लेख छ । अमेरिकी विदेश मन्त्री मार्क रुबियोले यस आक्रमणमा अमेरिकी संलग्नता नरहेको बताएका बीबीसीले जनाएको छ ।