आज काभ्रे, सिन्धुपाल्चोकसहित ३३ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन अनुरोध

सांकेतिक तस्बिर
आज काभ्रे सहित ३३ जिल्लामा बाढीको जोखिम रहेको पुर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज जेठ ३० गते शुक्रबार का लागि बाढीसम्बन्धी जानकारी तथा चेतावनी जारी गरेको छ।
महाशाखाको बुलेटिनअनुसार आज इलाम, धनकुटा, तेहथुम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, ललितपुर, काठमाडौँ, मकवानपुर, उदयपुर, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बाँके, बर्दिया, कालीकोट, जुम्ला, दार्चुला, बझाङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने नदीरखोलामा बहाव बढ्ने सक्ने सम्भावना देखिएको हो।
यीमध्ये १४ जिल्लाका लागि भने महाशाखाले मामान्य भन्दा माथी अर्थात मध्यम जोखिम रहेको जनाएको छ । जसमा संखुवासभा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बाँके, बर्दिया, दार्चुला, बझाङ, डोटी र डडेलधुरा जिल्ला छन्।
यस्तै बाढी महाशाखाले आगामी ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने सम्भावना रहे पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक रहेको जानकारी दिएको छ।
