आज सुनको भाउ ८ सय रुपैयाँले घट्यो

काठमाण्डौ/ आज सुनको भाउ आठ सय रुपैयाँले घटेको छ । सुनकाे भाउ आठ सयले बढेर तोलाको एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनकाे भाउ ताेलाको एक लाख ९५ हजार पाँच सय रुपैयाँ रहेकाे थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीकाे भाउ ५० रुपैयाँले घटेर ताेलाकाे दुई हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीकाे भाउ तोलाको दुई हजार दुई सय रुपैयाँ रहेको थियो ।