बीपी राजमार्गमा राति गाडी चलाउन नपाइने

सम्भावित विपद्लाई ध्यान दिँदै बीपी राजमार्ग १५ दिनका लागि साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिने भएको छ ।

काभ्रे, सिन्धुली र रामेछापका अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठकले बर्खामा बाढीपहिरोको जोखिम रहेको भन्दै शुक्रबारदेखि रातिको समयमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

यो अवधिमा काठमाडौंबाट जाने सवारी काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ जानेलाई सिन्धुली खुर्कोटमा रोकिने छ ।
गत असोजको बाढी पहिरोले प्रभावित बीपी राजमार्गमा सामान्य वर्षामै अवरुद्ध हुने गरेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।