एसओएस दिवसको अवसरमा विद्यालयमा रक्तदान

श्रीखण्डपुर/ ३९ औं अन्तराष्ट्रिय एसओएस दिवसका अवसरमा जुनियर रेडक्रस सर्कल एसओएस हर्मनमाईनर विद्यालय काभ्रेको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा काभ्रेको प्राविधिक सहयोगमा रत्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तुल्सीरत्न छुँजुले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । शिक्षक, अभिभावक र विद्यार्थी गरी ४२ जनाले रक्तदान गरेका विद्यालयका प्रिन्सिपल नरेश्वर आचार्यले बताए । विद्यालयले प्रत्येक वर्ष एसओएस दिवसका अबसरमा विभिन्न कार्यक्रम र रक्तदान गर्दे आएको आचार्यले बताए । विद्यालयले सोहि अबसरमा आगामी असार ८ गते आईतबार बनेपा, पनौती र धुलिखेल नगरपालिका स्तरीय खुल्ला लोक नृत्य प्रतियोगिता आयोजना गरेको प्रिन्सिपल आचार्यले बताए ।
कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तुल्सीरत्न छँुजु, प्रिन्सिपल नरेश्वर आचार्य, नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखा उप सभापति पुष्पा बस्नेत खड्का, शिक्षक नायक हरिनारायण तिमल्सिना, जुनियर रेडक्रस एसोएस विद्यालयकी सभापति निलम देउजा लगाएतको उपस्थिती रहेको थियो ।

