बालेनले बोलाए शुक्रबारलाई कार्यपालिका बैठक

काठमाडौं / काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आह्वान भएको छ । मेयर बालेन्द्र साहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् । 

मेयरको सचिवालयका अनुसार त्यसअघि ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने छ । त्यसपछि उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्ने भएको छ ।  

कानुनी औपचारिकता पूरा भए २ बजेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्ने छ ।

सोही कार्यपालिकाले नगर सभाको मिति तोकेर असार मसान्तभित्रै बजेट पास गर्ने तयारी रहेको महानगर स्रोतले जानकारी दिएको छ ।