टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह

by | असार २६, २०८२

टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह

काठमाडौं / आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्र छनोटमा नेपाल समूह-२ मा परेको छ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीबार जारी गरेको समूह विभाजनमा नेपाल र कुवेत एकै समूहमा रहेका हुन्। प्रतियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ।

समूह बि मा नेपाल र कुवेतको अलावा जापान पनि रहेको छ। समूह ए मा युएई, मलेसिया र कतार तथा समूह सी मा ओमान, पपुवा न्यु गिनी र समओ रहेका छन्।

हरेक समूहका शीर्ष २ टोली सुपर सिक्समा प्रवेश गर्दछन्। भने, सुपर सिक्सका शीर्ष ३ टोलीले विश्वकपमा स्थान बनाउने छन्। विश्वकप एसिया तथा पुर्वी एसिया छनोट अक्टोवर १० देखि १७ सम्म आयोजना हुनेछ।

आइसिसीका अनुसार समूह चरणको खेल ८ देखि १० अक्टोवर सम्म तथा सुपर सिक्सको खेल १२ देखि १७ अक्टोवरसम्म आयोजना हुनेछ।