भूमि ब्यवस्थान प्रशिक्षण केन्द्र धुलिखेलको ५७ औ बार्षिकोत्सव, १२ हजार ७ सयलाई भूमि सम्वन्धी प्रशिक्षण

by | असार २६, २०८२

भूमि ब्यवस्थान प्रशिक्षण केन्द्र धुलिखेलको ५७ औ बार्षिकोत्सव, १२ हजार ७ सयलाई भूमि सम्वन्धी प्रशिक्षण, नाप नक्सामा नविनतम प्रविधिको प्रयोग

धुलिखेल/भूमि ब्यवस्थान प्रशिक्षण केन्द्र धुलिखेलले ५७ औ बार्षिकोत्सव समारोह भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक जनकराज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रले गरेका गतिविधिहरु तथा आगामी योजना र गतिविधिमा संलग्न भई उत्कृष्ट सेवा पु¥याए बापत कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले जग्गा नापी तथा भूमी ब्यवस्थापनका लागि सरकारले गरिरहेका कार्यहरु तथा रणनीतिक योजना निर्माण र कार्यविधी शंशोधन लगायतका महत्वपूर्ण कार्यहरु सम्पन्न गरेको बताए । मन्त्रालयका सचिव बलराम अधिकारी, काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युत वाग्ले, रजिस्टार रजिव श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, प्रशिक्षण केन्द्रका निर्देशकहरु सुदिप श्रेष्ठ, रामकुमार सापकोटा, भूमि सम्वन्धी विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रशिक्षण केन्द्रका निर्देशक रामकुमार सापकोटाले समग्र गतिविधिका बारेमा जानकारी गराउँदै इतिहास, वर्तमान र आगामी योजनाका बारेमा जानकारी गराएका थिए । २०२५ सालमा नापी विभाग अन्र्तगत तालिम केन्द्रका रुपमा स्थापना भई २०५७ सालमा प्रशिक्षण केन्द्रका रुपमा शुरुवात भएको थियो । १२ हजार ७ सय जनालाई लामो र छोटो अवधी तथा शैक्षिक कार्यक्रम समेत गरी तालिम प्रदान गरेको प्रशिक्षण केन्द्रले जग्गा नापलाई नविनतम प्रविधी अन्र्तगत ब्यवस्थित बनाउन शुरु गरेको छ । स्थानीय स्तरसम्म जनप्रतिनिधि र विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुलाई समेत जग्गा प्रशासन, ब्यवस्थापन र नाप जाँचका बारेमा अभिमुखिकरण गराउँदै नागकिरहरुलाई समेत सुसुचित बनाउने अभियानमा प्रशिक्षण केन्द्र सक्रिय रहेको कार्यकारी निर्देशक जनकराज जोशीले बताए ।

प्रशिक्षण केन्द्र र काठमाडौ विश्वविद्यालयको समन्वयमा २००७ देखि जग्गा ब्यवस्थापन सम्वन्धी शैक्षिक कार्यक्रम समेत शुरुवात भएको छ । भूमि ब्यवस्थापन सम्वन्धी दश वर्षे रणनीतिक योजना २०८१, कार्यविधीको दोश्रो संशोधन, फिल्ड सर्भे, भूमि साक्षरता, खोज र अनुसन्धान, डिजिटल प्रविधि मैत्री कार्यालय र सेवा, बृक्षारोपण, बार्षिक कार्य योजनामा दैनिक क्यालेन्डर अनुसारका गतिविधिहरु, भूमि साक्षरताका लागि श्रोत सामाग्रीको तयार लगायतका महत्वपूर्ण कार्यहरु चालु वर्षमा सकिएको निर्देशक सापकोटाले बताए । १० करोड बजेट विनियोजन भएकोमा ९२ प्रतिशत खर्च भएको छ । आगामी दिनमा नापनक्साको क्षेत्रमा नविनतम प्रविधि र प्रणालीको विकास गर्ने गरी कार्य योजना तयार गरिएको कार्यकारी निर्देशक जोशीले बताए ।

कार्यक्रममा सहभागि अतिथिहरुले नेपालको सन्दर्भमा ब्यक्तिले जीवनभर कमाएको सम्पत्ती नै भूमिका रुपमा रहने भएकाले त्यसको उचित नापनक्साका लागि केन्द्रले तयार गरेका जनशक्ति, प्रविधि र ब्यवहारिकता हेर्न सुझाव दिए ।