वैशाखयता विपद्मा परेर ८४ जनाको मृत्यु, २६ बेपत्ता
गएको वैशाखयता विपद्का घटनामा परेर ८४ जनाको मृत्यु भएको छ। यस अवधिमा विपद्मा परेर २६ जना बेपत्ता भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकणका अनुसार वैशाख १ गतेदेखि असार २६ गतेसम्म सबैभन्दा धेरै चट्याङबाट २४ जनाले ज्यान गुमाएका छन्। चट्याङमा परेर १५५ जना घाइते भएका छन्। चट्याङपछि आगलागीमा परेर १३ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन्।
त्यसैगरि जनावरको आक्रमणबाट ११ जना, उच्च हिमाली भेगमा लेक लागेर ११ जनाको मृत्यु भएको छ। यस अवधिमा वर्षा, बाढी र पहिरोमा परेर १५ जना, असिना र हावाहुरीबाट आठजना, सर्पको टोकाइबाट २ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
त्यसैगरि जंगली जनावरको आक्रमणबाट ४३ जना, हवाहुरीबाट ३७ जना, लेक लागेर २४ जना, पर्सले डसेर २२ जना, बाढीपहिरोबाट १३ जना, वन डढेलोमा परेर २ जना, असिनाबाट १ जना र डुंगा पल्टेर १ जना घाइते भएका छन्।






