पुण्यश्वरसँगै काभ्रेमा १३ वटा जीवनयोग प्रयोगशाला संचालनमा
बनेपा /बनेपा नगरपालिका -११ मा आज पुण्यश्वर जीवनयोग प्रयोगशालाको उद्घाटन भएको छ ।
दुई महिना अघिदेखि संचालनमा आएको प्रयोगशालाको आज जीवन विज्ञान काभ्रे परिषदकी संयोजक मिरा पौडेलद्धारा उद्घाटन गरिएको हो । योसँगै बनेपा नगरपालिकामा ७ वटा जीवनयोग प्रयोगशाला पुगेको छ । पनौती नगरपालिकामा ३ वटा , अनलाईनमा एक,बेथानचोक गाउँपालिकामा एक र नमोबुद्ध नगरपालिकामा एक ठाउँमा गरी काभ्रे जिल्लामा १३ वटा जीवनयोग प्रयोगशाला संचलानमा रहेको जीवन विज्ञान काभ्रे परिषदका सदस्य सरु ढकालले जानकारी दिइन् ।
जीवन विज्ञानकी प्रशिक्षक रुपा लुइटेलले कार्यक्रममा स्वागत मन्तव्य राख्दै यस्ता जीवन प्रयोगशालामा दैनिक ध्यान, योग र अध्यात्म मार्फत मानविय जीवनलाई परिवर्तन एवं आध्यात्मिक सुख प्रदान गर्ने कार्य गरिने बताइन् । त्यसैअवसरमा पुण्यश्वर जीवनयोग प्रयोगशालाका व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद थपलियाले यो प्रयोगशालामा बढि भन्दा बढि सहभागी भएर योग ध्यानबाट लाभान्वित हुन आग्रह गरे ।
कार्यक्रममा जीवन विज्ञान बनेपा नगर संयोजक अनिता पाठक, जीवन विज्ञानका प्रशिक्षकहरु दिनेश लुइटेल, विष्णुदेवी कायस्थ, मेघराज श्रेष्ठ, रमेश पौडेल,सविना श्रेष्ठ र ईश्वरी हुमागाईको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन जीवन विज्ञान काभ्रे परिषदका सदस्य सरु ढकालले गरेकी थिइन् ।






