काठमाडौं महानगरको सभा असार २९ गते, बजेट सीमा २५ अर्ब ११ करोड

काठमाडौं महानगरपालिकाको नगर सभा यही असार २९ गते दिउँसो बोलाइएको छ । बैठक करिब ४५ सेकेण्डमै टुंगिएको थियो ।

६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन साहले एउटामात्र एजेण्डा प्रस्तुत गरेका छ्न् । उनले नगरसभा अधिवेशन आइतबार दिउँसो २ बजे साथै त्यही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने घोषणा गरे ।

बैठकका लागि २४ वटा एजेण्डा गएपनि नगरसभासम्बन्धी एउटामात्र विषय भएको बताए । अन्य विषय केही नभएर बैठक सम्पन्न भएको घोषणा गर्दै उनी उठेर हिँडेका थिए ।

यसअघि आजै बजेट सीमा निर्धारण समिति र राजश्व परामर्श समितिको बैठक बसेको थियो । बैठकले आर्थिक वर्ष २०८२÷८३ का लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गरेको थियो ।

चालू आर्थिक वर्षको तुलनामा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णयसमेत गरेको छ ।