सिद्धार्थ वनस्थली इन्ष्टिच्युटको एसईई सम्मान कार्यक्रम
पनौती÷ माध्यमिक शिक्षा परिषद २०८१ द्धारा सञ्चालित एसईई परिक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सिद्धार्थ बनस्थली ईन्टिच्युटले एक कार्यक्रमका बिच सम्मान गरेको छ । सम्मान कार्यक्रम पनौती नगरपालिका उप–प्रमुख गिता बन्जारको प्रमुख आतिथ्यता तथा इन्ष्टिच्युटका ब्यबस्थापन समितिका अध्यक्ष केशब थापाको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी बन्जाराले काभ्रे जिल्लामै २०८१ को एसईई परिक्षामा पनौती नगरपालिका उत्कृष्ट भएको बताईन् । सामुदायीक र संस्थागत विद्यालयमा ९७ प्रतिशत विद्यार्थीहरु उतिर्ण भएकाले शिक्षाको गुणस्तर विस्तारै सुधार उन्मुख भएको बन्जाराको भनाई थियो । स्थानीय तहको निगरानी, विद्यालय, शिक्षक र अभिभावकको मेहनतका कारण नतिजा राम्रो आउन सफल भएकाले आगामी शैक्षिक सत्रमा शतप्रतिशत नतिजा ल्याउन लाग्नु पर्ने प्रमुख अतिथी गिता बन्जाराले बताईन् । कार्यक्रममा विद्यालयका गुठियार प्रमुख क्याप्टेन रामेश्वर थापाले विद्यालयले अझै सोचे अनुरुपको नतिजा ल्याउन सफल नभएको बताए । कम्तीमा ५ जना विद्यार्थीहरुले ४ जीपिए ल्याउने अनुमान गरेपनि उच्चतम जीपिए जेनिश बासीले ३.९६ ल्याई छात्र तर्फ जिल्ला प्रथम हुन सफल भएका थिए ।
विद्यालयको लक्ष्य भनेकै गुणस्तरीय सहित उत्कृष्ट नतिजा ल्याउनु रहेकाले आगामी शैक्षिक सत्रमा अझै उत्कृष्ट हुने विश्वास लिएको थापाले बताए । कार्यक्रममा ३.९६ ल्याउने विद्यार्थीलाई विद्यालयले नगद १० हजार र क्याप्टेन रामेश्वर थापाले १० हजार गरी २० हजार नगद सहित सम्मान गरिएको थियो । २६ जना एसईई दिएका विद्यार्थीहरु मध्ये २३ जनाले ३.६१ भन्दा माथी जीपिए ल्याएका थिए ।
कार्यक्रममा विद्यार्थीहरु सगै कक्षा १० मा पढाउने विषयगत शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो । विद्यालयकी प्रिन्सिपल रेश्मा थापाले विद्यालयले विगतका वर्षहरु बाट नै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताईन् । शिक्षक अभिभाबक र विद्यार्थीहरुको मेहनतका कारण राम्रो नतिजा ल्याउन सफल भएकाले गुणस्तरीय शिक्षा प्रदानका लागी विद्यालयले कुनै कसुर बाँकी नराख्ने उनले बताईन् । विद्यालय गुणस्तरीय र ब्यवहारीक शिक्षा प्रदान गर्न निरन्तर लाग्ने प्रतिबद्धता ब्यक्त गरेकी थिईन् ।
कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बेदप्रसाद बन्जारा, वडा नम्बर १२ का वडा अध्यक्ष जयराम केसी, पनौती नगरपालिकाका स्रोत व्यक्ति महेश्वर जगंम, गुठीयार तथा शिक्षा सेवी राम प्रसाद अधिकारी, पनौती ब्याब्सनका अध्यक्ष रामचन्द्र देउजा, कार्यपालिका सदस्य, वडा सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन विद्यालयका को–अडिनेटर प्रविण दाहालले गरेका थिए ।






