एमालेले चाहे वामपन्थी एकता हुनसक्छः झलनाथ खनाल
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रूपमा लिएको बताएका छन्।
चीन भ्रमण सकेर आज स्वदेश फर्किएका नेता खनालले विद्या भण्डारीले वामपन्थी एकताको आवश्यकता महशुस गरेर राजनीतिमा प्रवेश गरेको हो भने यसलाई सकारात्मक रूपमा नै लिनुपर्ने बताए।
पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पतञ्जली जग्गा प्रकरणमा ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएको र उनको नेतृत्वबाट पार्टी सबल हुन्छ भनेर कसरी विश्वास गर्ने ? पत्रकारको प्रश्नमा सम्मानित नेता खनालले यस विषयमा आफूहरुले पनि प्रश्न गरिरहेको बताए। हालै सम्पन्न पार्टीको सचिवालय बैठकमा आफूले लिखित दस्ताबेज प्रश्तुत गरेको र दस्ताबेजबारे पार्टीभित्रै छलफल भइसकेपछि बाहिर ल्याउने उनको भनाई छ ।






