प्याब्सन काभ्रेद्वारा उत्कृष्ट विद्यार्थी, विद्यालय र शिक्षक सम्मानित
बनेपा/निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) काभ्रेले एसईई उर्तिण विद्यार्थीहरुलाई सम्मान गरेको छ । जिल्लाका ७ वटा पालिकाका ५० विद्यालयबाट १५ सय ५ विद्यार्थी सहभागि भएका मध्ये १४ सय ८७ जनाले ग्रेड प्राप्त गरेका छन् । प्याब्सनमा आवद्ध विद्यालयबाट सहभागि विद्यार्थीहरु मध्ये ९९ प्रतिशत विद्यार्थी उर्तिण भएको अध्यक्ष श्यामबहादुर भुजेलले जानकारी दिए ।
प्याब्सनले ३.६१ देखि ४ जिपिएसम्म ल्याउन सफल विद्यार्थी ५ सय ९२ जना विद्यार्थी सम्मानित भएका छन् । जिल्ला भरमा उच्चतम जिपिए ३.९६ ल्याउन सफल ३ विद्यालयका ३ विधार्थीहरु सम्मानित भएका छन् । विषयगत रुपमा उच्चतम औसत जिपिए हासील गर्न सफल ९ वटा विषयका शिक्षक तथा शिक्षिकाहरु सम्मानित भएका छन् । कुल जिपिएको उच्चतम औसत जिपिए हासील गर्न सफल विद्यालय, शत प्रतिशत नतिजा हासिल गर्न सफल ३८ विद्यालय, २५ वर्षसम्म अनवरत सेवा गर्ने दीर्घसेवी शिक्षक÷कर्मचारीहरु १० जना सम्मानित भएका छन् । शैक्षिक सत्र २०८१ मा सबै भन्दा धेरै लेवी तिर्ने विद्यालय, ४९ वटा विद्यालयहरुबाट उच्चतम जिपिए ल्याई विद्यालय प्रथम हुने विद्यार्थीहरु सम्मानित भएका छन् ।
माध्यमिक शिक्षा परीक्षामा उच्च्तम जिपिए ल्याई विद्यालय प्रथम हुने विद्यार्थीहरु, माध्यमिक शिक्षा परीक्षामा उच्चतम औसत जिपिए ल्याउन सफल न्यू राईजिङ्ग इङ्गलिस सेकेन्डरी विद्यालयलाई बेस्ट स्कुल अफ द ईएरबाट सम्मानित भएको छ । अध्यक्ष श्यामबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन काभ्रेका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी अधिकारीले संस्कारयुक्त शिक्षा सहित प्रविधिमा उच्च नागरिक जन्माउन आवश्यक रहेको बताए । ४ जिपिए ल्याएर जिल्ला प्रथम हुने विद्यार्थीद्धय जिया खत्री र प्रकृति दुलाललाई नगद १०÷१० हजार प्रदान गरे । उत्कृष्टद्धयलाई प्याब्सन काभ्रेले नगद १०/१० हजार र न्यू प्रगति पुस्तक भण्डारको तर्फबाट नगद १५÷१५ हजार रुपैया प्रदान गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम, प्याब्सन नेपालका उपमहासचिव भिमसेन केसी, बागमती प्रदेश अध्यक्ष मुरारसी प्रकाश सञ्जेल, प्याब्सन केन्द्रिय समिति सचिवालय सदस्य हिरा शर्मा नेपाल, प्याब्सनका बरिष्ठ सल्लाहकार रवि श्रेष्ठ, सदस्य राममणी सापकोटा, प्याब्सन काभ्रेका पुर्व अध्यक्षहरु, सल्लाहकारहरु, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
सचिव विमल न्यौपानेले संचालन गरेको कार्यक्रममा प्याब्सन काभ्रेका बरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक सुजेन्द्र श्रेष्ठ, उपाध्यक्ष बसन्तराज नेपाल, कोषाध्यक्ष अर्जुन थापा, सह सचिव डिवी ऐडी, सह कोषाध्यक्ष कृष्णसुन्दर थापा लगायत पालिका कमिटी अध्यक्षहरुको सहभागिता रहेको थियो । शैक्षिक सत्र २०८१ मा एसईईमा विकटेश्वर इङ्गलिस स्कुलका छात्रा जिया खत्री र ग्रेसल्याण्ड सेकेन्डरी स्कुलकी छात्रा प्रकृति दुलालले ४ जिपिए ल्याएका थिए ।
३.९६ जिपिए ल्याएर छात्र तर्फ जिल्ला प्रथम हुन सफल न्यू राईजिङ्ग इङ्गलिस स्कुलका छात्र अनुराग सापकोटा, सिद्धार्थ बनस्थलीका छात्र जेनिस बासी र अरुणोदय आवासिय मावीका छात्र सहर्ष नगरकोटीलाई सम्मान गरिएको छ ।
विषयगत रुपमा उत्कृष्ट ९ वटा विषयका ९ जना विषय शिक्षक, एउटै विद्यालयमा अनवरत २५ वर्ष सेवा गर्ने शिक्षक कर्मचारीलाई सम्मान गरिएको छ । शैक्षिक सत्र २०८१ मा धेरै लेवी बुझाउने बेलर एकेडेमी विद्यालय, प्रत्येक विद्यालयबाट प्रथम हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।






