कलम र चुनौतीबीचको संग्राममा महिला पत्रकार

by | असार २९, २०८२

कलम र चुनौतीबीचको संग्राममा महिला पत्रकार

सिर्जना सापकोटा

नेपाली पत्रकारिता गौरवपूर्ण शताब्दीको यात्रामा प्रवेश गरिसकेको छ। नेपाली पत्रकारिताको उज्यालो यात्रा मोतीराम भट्टबाट सुरु भएको मानिन्छ। वि.सं. १९५५ सालमा नेपाली भूमिमा पहिलोपटक प्रकाशित मासिक पत्रिका “सुधासागर” को प्रकाशनमा उहाँ र उहाँका सहयोगीहरूले ऐतिहासिक भूमिका निर्वाह गरेका थिए, जसले नेपाली पत्रकारिताको जग बसाल्यो। १९५८ सालको बैशाख २४ गते राणा प्रधानमन्त्री देवसम्शेरले सबैभन्दा पुरानो दैनिक पत्रिका गोरखापत्रको प्रकाशन शुरू गरे । गोरखापत्रको प्रकाशन शुरू भएपछि पत्रकारितामा नयाँ दिशा मिल्यो।

प्रजातन्त्रको पुर्नस्थापनापश्चात पत्रकारितामा महिलाको उपस्थिति बढ्दै गयो । नेपालको जनसंख्यामा महिलाको हिस्सेदारी ५१५ भन्दा बढी भए पनि पत्रकारिता क्षेत्रमा उनीहरूको सहभागिता पुरुषहरूको तुलनामा कम छ। रेडियो र टेलिभिजनको विकाससँगै महिला पत्रकारहरूको संख्या त बढेको छ, तर अझै घर र कार्यस्थलका दोहोरो जिम्मेवारीबाट पूर्णरूपमा मुक्त हुन सक्न सकेका छैनन्। पत्रकारिता सत्यको खोज हो तर महिला पत्रकारका लागि यो खोज केवल कलमको साहस होइन, दिनहुँको संघर्ष बन्न पुगेको छ । पुरुषप्रधान समाजमा पत्रकारिता गर्न थालेकी एक महिलाले कलम समात्नु मात्र होइन, पितृसत्ताको गहिरा जटिल समस्याहरू भित्रबाट सामना गर्नु परेका उदाहरण धेरै छन् ।

पत्रकार महिलाको जीवन केवल समाचार लेख्ने काममा सीमित हुँदैन, घरको जिम्मेवारी सम्हाल्नु , कार्यस्थलको जिम्मेवारी सम्हाल्नु पक्कै पनि सजिलो छैन । धेरै मेहनतको बाबजुद पनि उनीहरूले पेसागत भूमिकासँगै सामाजिक, सांस्कृतिक र पारिवारिक अवरोधहरूसँग निरन्तर जुधिरहनुपर्छ, जसले उनको यात्रालाई अझ चुनौतीपूर्ण बनाउँछ। कलम चलाउने महिलाहरू समाज, संस्कार, पेसागत नियम र पुरुषप्रधान मानसिकता सँग जुध्नुपर्ने दोहोरो संघर्षमा हुन्छन्। उनीहरूको संग्राम केवल समाचार लेख्ने होइन, आफैंलाई स्थापित गराउने र आत्मसम्मान जोगाउने यात्रासँग पनि जोडिएको हुन्छ।

नेपालमा महिला पत्रकारिता अध्ययन गर्न सक्ने छात्राहरूको संख्या पछिल्लो दशकमा बढेको देखिए पनि व्यावसायिक जीवनमा पुगेर काम छाड्नेहरूको संख्या धेरै छ। अध्ययन पूरा गरेपछि जब व्यावसायिक दुनियाँमा पाइलो राख्छन्, तब यथार्थ भिन्न देखिन्छ। यो पेशा त असुरक्षित हो। “फील्ड रिपोर्टिङ त पुरुषको काम हो।” जस्ता भ्रम फैल्याउने काम हुन्छन् ।

धेरै महिलाको संघर्षको कथा घरको ढोकाबाटै सुरु हुन्छ । घरबाट बाहिर निस्कनु उनीहरूका लागि केवल काममा जाने कुरा होइन,समाज र परिवारका आँखामा शंकाको पात्र बन्ने प्रक्रिया पनि हो। “यति रातिसम्म के गर्नुपर्ने हो ररु”, “के यस्तो पेसा नै रोज्नुपर्ने थियो”रु यस्ता वाक्यांशहरू उनीहरूको आत्मबललाई कमजोर बनाउन खोज्छन्।

पदोन्नतिमा विभेद किन ?
महिला पत्रकारले पदोन्नतिमा भोग्ने विभेद केवल बाह्य होइन, संस्थागत संरचना र सामाजिक सोचको उपज हो। अझै पनि धेरै मिडिया संस्थामा निर्णयकर्ता अधिकतर पुरुष छन्, जसले महिलाको क्षमता भन्दा पनि लिङ्गलाई हेरेर निर्णय गर्छन्। जोखिमपूर्ण क्षेत्र वा जिम्मेवारीमा पुरुषलाई प्राथमिकता दिइन्छ भने महिलालाई सुरक्षित र सीमित भूमिकामा राखिन्छ। साथै, मिडिया संस्थामा हुने आन्तरिक राजनीति, नेटवर्किङ, र नेतृत्व तहको पहुँचमा महिला कमै सहभागी हुन पाउँछन्। मातृत्वकालीन अवकाश वा पारिवारिक कारणले करियरमा आउने ‘ग्याप’ लाई संस्थाहरू नकारात्मक रूपमा लिन्छन्। महिला नेतृत्वको कमीले नयाँ पत्रकार महिलालाई प्रेरणा र समर्थन नपुग्ने अवस्था सिर्जना गर्छ। यी सबै कारणले पत्रकार महिलालाई बराबरीका साथ पदोन्नति पाउन कठिन हुन्छ, जुन सुधार गर्न संस्थागत नीतिमा लैंगिक समावेशीता र समान अवसरको सुनिश्चितता अत्यावश्यक छ।मिडिया उद्योगमा निर्णय गर्ने तहमा अझै पनि पुरुषको वर्चस्व कायम छ, जसले गर्दा नेतृत्वको सन्दर्भमा महिलालाई कम आँक्ने प्रवृत्ति देखिन्छ। संस्थाभित्र गहिरिएको लैंगिक पूर्वधारणाका कारण महिलाको श्रमलाई सहयोगी रूपमा मात्र हेर्ने र नेतृत्वका भूमिकामा अयोग्य ठहरिने प्रवृत्ति प्रचलित छ।
अर्कोतर्फ, आम–सञ्चारकै मामिलामा पनि महिलालाई धेरैजसो हलुका वस्तुको रूपमा प्रयोग गरिएको देखिन्छ। विशेष गरी टेलिभिजन, विज्ञापन, सामाजिक सञ्जाल र मनोरञ्जनमूलक सामग्रीहरूमा महिलालाई सौन्दर्यको प्रतीक बनाइन्छ, तर बौद्धिक क्षमताभन्दा शरीरको प्रदर्शनलाई प्राथमिकता दिइन्छ। कार्यक्रम सञ्चालनमा पनि कतिपय महिला पत्रकारलाई “सजावटका सामग्री” झैँ प्रयोग गरिन्छ, जहाँ उनीहरूको प्रस्तुति, पहिरन र सौन्दर्यमा जोड दिइन्छ, तर निर्णयात्मक वा विश्लेषणात्मक भूमिकामा उनीहरूको सहभागिता न्यून हुन्छ।

कार्यक्षेत्रमै विभेद
समाचार संकलन, रिपोर्टिङ, लेखन वा सम्पादन जस्ता जिम्मेवारीमा काम गर्दा उनीहरूले पुरुष सहकर्मीभन्दा दोहोरो मापदण्डको सामना गर्नुपर्छ। क्षमता, मेहनत र प्रतिबद्धतामा कुनै कमी नभए पनि, महिलालाई अझै पनि सहायक भूमिकामा मात्र सीमित गर्ने प्रवृत्ति कायमै छ।

अर्कोतर्फ, आम–सञ्चारकै मामिलामा पनि महिलालाई धेरैजसो हलुका वस्तुको रूपमा प्रयोग गरिएको देखिन्छ। विशेष गरी टेलिभिजन, विज्ञापन, सामाजिक सञ्जाल र मनोरञ्जनमूलक सामग्रीहरूमा महिलालाई सौन्दर्यको प्रतीक बनाइन्छ, तर बौद्धिक क्षमताभन्दा शरीरको प्रदर्शनलाई प्राथमिकता दिइन्छ। कार्यक्रम सञ्चालनमा पनि कतिपय महिला पत्रकारलाई “सजावटका सामग्री” झैँ प्रयोग गरिन्छ, जहाँ उनीहरूको प्रस्तुति, पहिरन र सौन्दर्यमा जोड दिइन्छ, तर निर्णयात्मक वा विश्लेषणात्मक भूमिकामा उनीहरूको सहभागिता न्यून हुन्छ।

कहिले अघि बढ्ने महिला पत्रकार ?
महिला पत्रकारिता नेपालमा निरन्तर संघर्षको कथा हो। परिवार र समाजको दबाब, कार्यस्थलमा भेदभाव, र सुरक्षा नहुँदा पनि उनीहरू हिम्मत हार्दैनन्। बिहान परिवारको जिम्मेवारी पूरा गरेर, दिउँसो खबर संकलन र साँझ रिपोर्ट लेखेर उनीहरू आफ्नो आवाज जगाउँदै छन्। तर अझै पदोन्नति र समान अवसरको कुरामा महिला पत्रकारलाई ठूलो चुनौती छ।

जबसम्म समाज र संस्था दुवैले महिला पत्रकारलाई बराबरी दृष्टिले हेर्ने छैनन्, तबसम्म उनीहरूको पूर्ण प्रगति सम्भव हुँदैन। सही संरक्षण, सम्मान, र अवसर दिइएपछि मात्र महिला पत्रकारहरू सशक्त बनेर अगाडि बढ्न सक्छन्। साँचो समानता तब आउँछ जब महिला पत्रकारलाई मात्र होइन, समाजका सबै महिलालाई हौसला र समर्थन मिल्छ।