मदन भण्डारीको हीरक जयन्ती मनाउन समिति गठन, देशैभरका नेता कार्यकर्ता समेटिए
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७५औं जन्म जयन्ती मनाउन मूल समारोह समिति गठन गरिएको छ। बागमती प्रदेश सरकारमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा समिति गठन गरिएको हो।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय भएसँगै मदन भण्डारी फाउण्डेशनले देशव्यापी अभियान थालेको छ ।
भण्डारी प्रमुख संरक्षक रहेको समितिको संयोजकमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् भने समितिमा देशैभरका विभिन्न तहका नेता कार्यकर्ता समेटिएका छन् ।






