संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यौपाने मन्त्री नियुक्त भएको राष्ट्रपतिको कार्यालय, शीतलनिवासले जनाएको छ। उनी एमालेकी राष्ट्रिय सभा सदस्य हुन्।
यसअघिका मन्त्री राजकुमार गुप्ता घुस डिल प्रकरणमा मुछिएपछि मंगलबार बिहान मात्र राजीनामा दिएर सरकारबाट बाहिरिएका थिए।






