भक्तपुरका मालपोत प्रमुख आचार्य २४ लाख घुस सहित अख्तियारको नियन्त्रणमा
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य घुससहित पक्राउ परेका छन्।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार २४ लाख ५० हजार रुपैयाँ घुसहित पक्राउ गरेको हो।
भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गाको धनी प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि उनले घुस माग गरेका थिए।






