नवनियुक्त मन्त्री न्यौपानेले आज शपथ लिँदै
काठमाडौं / नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आज (बुधबार) दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।
यसअघि सो जिम्मेवारी सम्हालिरहेका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्रीमा नियुक्त गरेका हुन्।राष्ट्रपति कार्यालयले शपथग्रहण समारोह दिउँसो ३ बजेका लागि तय गरिएको जानकारी दियो ।






