पतञ्जली योग भवनमा साउन १–५ प्राकृतिक विधिद्वारा उपचार हुँदै
धुलिखेल/पतञ्जली योग समितिको भवन बनेपामा साउन १ गते देखि पाँच दिनसम्म विहान १० बजे देखि दिउसो ४ बजेसम्म प्राकृतिक चिकित्सा विधिद्वरा उपचार सेवा शुभारम्भ हुने भएको छ । अनुभवी चिकित्सकद्वारा जाँच, परामर्श सहितका सेवाको निशुल्क जाँच तथा उपचार विधिमा ५० प्रतिशत छुट हुनेछ ।
शिविरमा ४४ वटा रोगको उपचार हुनेछ । विशेषगरी अम्लपित्त, कब्जियत, अपच, भोक नलाग्ने, मृगौला सम्वन्धी, मुटु सम्वन्धी, पेटको घाउ, शिर दुख्ने, दम, पिनाश, गला ग्रन्थी सुनिने लगायतका रोगहरुको उपचार हुनेछ । पिनाश, वाथ, चिनी रोग, मानसिक तनाव, मोटोपना, हर्षा, ढाड दुख्ने, गर्दन दुख्ने, उच्च रक्तचाप, छालाको रोग, रुघाखोकी लगायतका उपचार हुनेछन् ।






