आज नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं/ नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक साउन २ गते तय भएको पोलिटब्युरो बैठक र साउन ५ गतेको केन्द्रीय कमिटी बैठकका तयारी तथा एजेन्डा तय गर्ने उद्देश्यले बोलाइएको हो ।
एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय समेत गरिसकेको छ ।