राजश्व घटे पछि पालिकाहरुले गुमाए बाँडफाड रकम

केहि पालिकाहरुले बाँडफाँडमा अघिल्लो वर्षको तुलनामा धेरै कम राजश्व प्राप्त गरेका छन् ।

मोतीराम तिमल्सिना
धुलिखेल
मालपोत कार्यालय काभ्रेपलाञ्चोकले स्थानीय तह र प्रदेश सरकारलाई प्राप्त राजश्व बाँडफाँड गरेको छ । आर्थिक वर्ष २०८१/२०८२ मा मालपोत कार्यालय काभ्रेपलाञ्चोकले ५९ करोड ६१ लाख २३ हजार १ सय ३ रुपैया गरेसंकलन गरेको छ । अघिल्लो वर्ष ६४ करोड ६ लाख १५ हजार ४ सय ८ रुपैया संकलन भएको थियो । राजश्व संकलन अघिल्लो वर्षको तुलनामा ५ करोड भन्दा धेरैले घटेको छ ।
जसमध्ये प्रदेश सरकारले २४ करोड ४६ लाख २६ हजार ६ सय ५६ रुपैया बाँडफाँडबाट गएको छ । स्थानीय सरकारहरु मध्ये सबै भन्दा धेरै बनेपाले १२ करोड २९ लाख ५० हजार ४ सय ९३ रुपैया प्राप्त गरेको छ । विगतका वर्षहरुमा भन्दा यो रकम आधाले कम हो । त्यस्तै धुलिखेल नगरपालिकाले ५ करोड ८७ लाख ८६ हजार २ सय ६७, भुम्लुले ३ करोड ८ लाख ६ हजार ७ सय १२ रुपैया प्राप्त गरेको छ । चौरीदेउराली गाउँपालिकाले ९ लाख ५६ हजार ३ सय ७८ प्राप्त गरेको छ । नमोबुद्ध नगरपालिकाले २ करोड २६ लाख ८२ हजार १ सय ५०, मण्डनदेउपुर नगरपालिकाले ३ करोड ७७ लाख ४८ हजार ९ सय ६७ रुपैया प्राप्त गरेको छ । बेथान्चोक गाउँपालिकाले २८ लाख ७ हजार ९ सय ५८, खानीखोलाले ५ लाख ८५ हजार २२, रोशी गाउँपालिकाले २३ लाख ३० हजार ६ सय ६२, तेमाल १० लाख ६३ हजार २ सय ४१, महाभारत ९ लाख ८ हजार ७ सय ६३ रुपैया प्राप्त गरेको छ । पनौती नगरपालिकाले ५ करोड ३४ लाख ४२ हजार ८ सय ८१ रुपैया प्राप्त गरेको छ । पाँचखालले ४ करोड ४१ लाख ४६ हजार ९ सय ५८ रुपैया प्राप्त गरेका छन् ।
गत वर्ष पालिकाहरुले यो भन्दा धेरै रकम प्राप्त गरेका थिए । मालपोत कार्यालय काभ्रेले २०८१ असार २१ देखि ३१ सम्म र २०८२ असार १ देखि १५ सम्मको बाँडफाँड गरेको हो ।
अघिल्लो आर्थिक वर्षमा बनेपाले १२ करोड ८७ लाख ९५ हजार ५ सय ६ रुपैया प्राप्त गरेको थियो । धुलिखेल नगरपालिकाले ७ करोड ४७ लाख ६८ हजार ६ सय ६७, भुम्लुले १७ लाख २५ हजार ५ सय २१ रुपैया प्राप्त गरेको थियो । यो वर्ष भुम्लुले धेरै राजश्व प्राप्त गरेको छ ।
चौरीदेउराली गाउँपालिकाले १३ लाख १८ हजार ३७ प्राप्त गरेको छ । नमोबुद्ध नगरपालिकाले २ करोड ४१ लाख ८८ हजार ६ सय ९३, मण्डनदेउपुर नगरपालिकाले २ करोड ५० लाख ३८ हजार १ सय ८२ रुपैया प्राप्त गरेको छ । बेथान्चोक गाउँपालिकाले ३८ लाख ९४ हजार ४ सय ४६, खानीखोलाले ७ लाख ४ हजार ३ सय २२, रोशी गाउँपालिकाले ४३ लाख १९ हजार २ सय ९१, तेमाल १३ लाख ८७ हजार ८ सय ५१, महाभारत ८ लाख ४४ हजार ६ सय २१ रुपैया प्राप्त गरेको छ । पनौती नगरपालिकाले २ करोड ३१ लाख ७३ हजार ९ सय ८३ रुपैया प्राप्त गरेको छ । पाँचखालले ८ करोड ७४ लाख ६१ हजार ४ सय ६० रुपैया प्राप्त गरेका छन् । पाँचखालले ५० प्रतिशत राजश्व गुमाएको छ ।
बागमती प्रदेश सरकारले २६ करोड २९ लाख ९६ हजार राजश्व प्राप्त गरेको थियो । यो पनि चालु वर्षको तुलनामा २ करोड धेरै हो । आर्थिक वर्ष २०८१/२०८२ मा २ राजश्व घटेको छ । कुन पालिकाले आर्थिक वर्ष २०८१/२०८२ र आर्थिक वर्ष २०८०/२०८१ मा कुन महिना कति राजश्व प्राप्त गरे ? हेर्नुस तालिका ।