एक आर्थिक वर्षमा काभ्रेपलाञ्चोकमा संघीय सरकारको ४ अर्ब ११ करोड आम्दानी, ११ अर्ब ८७ करोड खर्च

विकास तिमल्सिना
धुलिखेल
संघीय सरकारले विभिन्न कार्यालय मार्फत आर्थिक वर्ष २०८१/२०८२ मा ४ अर्ब ११ करोड २२ लाख २१ हजार ८ सय ५३ रुपैया आम्दानी गरेको छ । आन्तरिक राजश्व कार्यालय धुलिखेलले ३ अर्ब ९० करोड ८८ लाख ५० हजार ४ सय ९ रुपैया राजश्व संकलन गरेको छ । गत वर्ष भन्दा यो वर्ष राजश्व संकलनको हिसावले यो अंक धेरै हो । तर मालपोत लगायतका कार्यालयहरुबाट संकलन हुने रकम भने घटेको छ ।

आन्तरिक राजश्व कार्यालय धुलिखेलमा असार महिनामा मात्रै ७५ करोड ५५ लाख ९१ हजार २ सय ६ रुपैया राजश्व संकलन भएको छ । जिल्लाका विभिन्न कार्यालयबाट असार महिनामा ७७ करोड ७ लाख ३५ हजार ६ सय ७८ रुपैया राजश्व संकलन भएको थियो । संघीय सरकारलाई जिल्लाका २२ वटा कार्यालय मार्फत राजश्व रकम जम्मा भएको छ । (कुन कार्यालयको कति राजश्व संकलन भयो ? तालिकामा उल्लेख छ ।) 

त्यस्तै जिल्लामा विनियोजन भएको चालु र पुँजीगत बजेट मध्ये ११ अर्ब ८७ करोड २४ लाख ७४ हजार ४० रुपैया खर्च भएको छ । पुँजीगत तर्फ १ अर्ब ९२ करोड ६३ लाख ७४ हजार ८ सय ३४ रुपैया खर्च भएको छ भने ९ अर्ब ९४ करोड ६० लाख ९९ हजार खर्च भएको छ । असार महिनामा मात्रै चालु तर्फको ८३ करोड ८८ लाख ६५ हजार ३ सय ७८ रुपैया खर्र्च भएको छ । पुँजीगत तर्फ असार महिनामा ६७ करोड २८ लाख ८ हजार ३ सय १ रुपैया खर्च भएको छ । (कुन कार्यालयबाट चालु र पुँजीगत कति खर्च भयो ? विस्तृत विवरण तालिकामा छ ।)