शहरमा चोरेर गाँउ पुर्याउने पल्सर २० हजारमा !

धुलिखेल/काभ्रेमा दैनिकजसो मोटरसाईकल चोरीका घटना हुन थालेका छन् । प्रहरीले गरेको आकस्मिक चेकजाँचका क्रममा त्यस्ता मोटरसाईकलहरु फेला पर्ने गरेका छन् । मोटरसाईकल बरामद पछि खरिद गर्नेहरुले बयानका क्रममा पल्सर मोटरसाईकलको मुल्य २० हजार भएको उल्लेख गरिएको छ । 
पाँचखाल नगरपालिका वडा नम्वर ४ पुरानो बजार स्थित राजेश श्रेष्ठको घरमा राखिरहेको ३–०२–०१२ प ३०११ नम्वरको २२० सिसिको पल्सर बाईक चोरी गर्ने अभियोगमा संलग्न महाभारत ४ का २६ बर्षिय विमल मिजार, पाँचखाल २ अनेकोटका वर्ष २६ का दिनेश कोईरालालाई धरौटीमा छाड्ने आदेश भएके छ । दिनेश कारागार कार्यालयमा अर्काे अभियोगमा सजायँ भोगिरहेका छन् । २०८२ जेठ १३ गते रातिको समयमा उनिहरुले मोटरसाईकल चोरी गरेका थिए । पाँचखालबाट चोरी गरेको मोटरसाईकल निर्वाध रुपमा चलाई रहेको समयमा प्रहरीले बनेपा चारदोवाटोबाट विमल मिजार सहितलाई नियन्त्रणमा लिएर बरामद गरेको थियो । मोटरसाईकलको नम्वर परिवर्तन गरेर विमलले बा ९९ प ४८५६ नम्वरको नम्वर प्लेट राखेका थिए । 
पक्राउ परेका विमल मिजारले भने आफुले दिनेश कोईरालासँग २० हजारमा किनेको बयान दिएका छन् । दिनेश कोईराला पनौती आसपासमा लेवरको काम गर्दै आएका थिए । उनिसँग विमलको ९÷१० वर्ष अघि देखि चिनजान भएको थियो । चिनजानका क्रममा एउटा सस्तोमा मोटरसाईकल आएको बताए पछि विमलले कागजात सबै ठिकै छ भने हुन्छ भनेर किनेको बयान दिएका थिए । प्रहरीले चेकजाँचका क्रममा कागजात मागे पछि आफुसँग नभएकाले बाईक समातेर राखेको केहि समयमा नै चोरीको भएको जानकारी भएको उनले बयानमा भनेका छन् । कारागारमा रहेका दिनेश कोईरालाले भने विमलले सस्तो बाईक चाहिएको भनेकाले पाँचखालमा पार्किङ्ग गरि राखेको मोटरसाईल चोरी गरी विमललाई २० हजारमा विक्री गरेको स्विकारेका छन् । 
दिनेश कोईराला २०७९ पुष ६ गते मोटरसाईकल चोरी अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले ३ महिना कैद, २५ सय जरिवना र २ रुपैया क्षतिपुर्ति भराउने फैसला सुनाएको थियो । सोहि आधारमा उनि कैद सजाँय भोगिरहेका छन् । तर उनी पटक पटक मोटरसाईकल चोरीमा संलग्न भएको प्रमाणहरुले देखाएको छ । दिनेशलाई पटके चोरीको अभियोगमा मुद्दा दर्ता गरेको भए पनि धरौटी माग गरिएको छ । 
त्यस्तै मण्डनदेउपुर नगरपालिका वडा नम्वर ६ स्थित देउपुर स्थित होटलमा चार्जमा राखेको मोजाईल चोरी गर्ने एक युवकलाई अदालतले चोरी अभियोगमा सजायँ सुनाएको छ । २०८२ जेठ ५ गते देउपुर स्थित मेनुका बजगाईको होटलमा खाजा खान खाएका बेथान्चोक गाउँपालिका ६ घर भएका अमृत बोम्जनलाई मोवाईल सहित प्रहरीकोमा बुझाईएको थियो । मेनुकाको घरमा पाहुना लाग्न गएकी बहिनी भवानी बजगाईले आफु सुत्ने कोठामा मोवाईल चार्जमा राखेकी थिईन् । सोहि अवस्थामा खाजा खान गएका बोम्जनले मोवाईल चोरी गरेका थिए । सिन्धुपाल्चोक जिल्ला आँपचौरमा रहेकी फुपु दिदीको घरमा जाने क्रममा छ्याङ सहित खाजा खाने बाहनामा होटल पसेका थिए । छ्याङ्ग र खाजा खाएर चुरोट खाने क्रममा सुत्ने कोठा खुल्ला रहेको, त्यहाँ मोवाईल चार्जमा राखेको देखे पछि फोन चोरेर भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको बयान दिएका छन् । उनलाई पक्राउ गरी प्रहरीले सरकारी वकिल कार्यालय मार्फत अदालत बुझाएको हो । पीडितले मोवाईल उनकै साथबाट बरामद भएसँगै लिएकी थिईन् ।