अभद्रमा ६१ मुद्दा दर्ता, ५६ वटामा भयो फैसला

धुलिखेल/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्षको अन्त्यसम्ममा ८० प्रतिशत मुद्दा टुङ्गो लगाएको छ । प्रशासन कार्यालयमा दर्ता भएका ७५ वटा मुद्दा मध्ये ६१ वटा फैसला गरेको छ । अघिल्लो वर्ष १४ वटा मुद्दाको जिम्मेवारी सरेको थियो । जिम्मेवारी सरेका मध्ये १० वटा मुद्दा फैसला भएका छन् । 
जिल्ला प्रशासन कार्यालय काभ्रेमा सबै भन्दा धेरै अभद्र ब्यवहारमा ६१ वटा मुद्दा दर्ता भए । जसम मध्ये ५६ वटा मुद्दा फैसला भएका छन् । जुवा सम्वन्धी दर्ता भएका ४ वटा मध्ये ३ वटाको फैसला भएको छ । सवारी क्षतिपुर्ति सम्वन्धभी ५ वटा दर्ता भएकोमा एउटा मात्रै फैसला भएको छ । त्यस्तै खाद्य सम्वन्धी ४ वटा मुद्दा दर्ता भएकोमा एउटा मात्रै फैसला भएको छ । तेजाव तथा घातक रसायन भण्डारण सम्वन्धी एउटा दर्ता भएकोमा फैसला भएको छैन । अभद्रका ५, जुवा सम्वन्धी १, सवारी क्षतिपुर्ति ४, खाद्य सम्वन्धी ३ र तेजाव तथा घातक रयासन भण्डारण सम्वन्धी एउटा गर १४ वटा मुद्दा फैसला हुन बाँकी छ । 
आर्थिक वर्ष २०८१÷२०८२ का लागि अभद्रका ९ र सवारी क्षतिपुर्ति सम्वन्धीका ५ वटा मुद्दाको जिम्मेवारी सरेको थियो । सोहि मुद्दा मध्ये अभद्रका ९ र सवारी क्षतिपुर्ति सम्वन्धी एउटा फैसला भएको छ । अघिल्लो वर्षको फैसला हुन बाँकी सवारी क्षतिपुर्तिका ४ वटा बाँकी रहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल मुद्दा फैसला गर्ने जिम्मेवारीमा छन् । उनि २०८१ असोज १०–१२ को विपत्ति पछि जिल्लामा कार्यरत छन् । उनको कार्यकालमा दर्ता भएका अधिकांश मुद्दा फैसला भएका छन् ।