टेलिग्राम एप तत्काल बन्द गर्न प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम एप तत्काल बन्द गर्न इन्टरनेट सेवाप्रदायकहरुलाई निर्देशन दिएको छ। शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले उक्त निर्देशन दिएको हो।

उक्त एपमार्फत अनलाइन ठगी र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अपराध बढेकाले एप बन्द गर्न निर्देशन दिनुपरेको प्राधिकरणले उल्लेख गरेको छ।