काभ्रेमा लापसे गरेर सवारी चलाउने चालक र सहचालक कारबाहीमा
लागू पदार्थ सेवन गरेर सवारी चलाउने चालक र सहचालक कारबाहीमा परेका छन् । साउन १ गते बनेपा–पनौती सडकखण्ड अन्तर्गत पनौती नगरपालिका–५ आइटी पार्क अगाडी गरिएको चेकजाँचका क्रममा लागू पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ८ जना सवारी चालक र सहचालक कारबाहीमा परेका जिल्ला जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे र जिल्ला जनस्वास्थ्य कार्यालयकाभ्रेको संयुक्त टोलीले बिभिन्न सार्वजनिक तथा निजी सवारी साधनहरुलाई रोकी ४० जना चालक, सहचालक हरुको स्वास्थ्य परिक्षण गरेको थियो । चेकजाँचका क्रममा ५ जना चालक र ३जना सहचालक गरी जम्मा ८ जनालाई लापसे पोजेटिभ देखिएको हो । उनीहरुलाई आज काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई लागु औषध सेवनमा अनुसन्धान भईरहेको छ ।
ला.प.से. पोजेटिभ देखीएका चालक तथा सहचालकहरु
१. बस चालक ध्रुब महत –पनौती नगरपालिका–५ – बस नं. बा २ ख ६६६९
२.बसको सह– चालक मिलन थापा मगर– बनेपा नगरपालिका–१३ बस नं. बा ३ ख ५५०
३.बस चालक राजेश बस्नेत –पनौती–४ बस नं. बा ३ ख ५५०
४. बस सहचालक रोशन लामा –सिन्धुली मरिन गाउँपालिका–८ बस नं. बा ३ ख ६९८१
५.बस चालक किशोर केसी– बनेपा–१२ बस नं. बा ४ ख २२२३
६.टिपर चालक सुबास चौंलागाँई– सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–७ टिपर नं. बा.प्र.०३-००३
७ सहचालक विजय थापा– सिन्धुली खन्याखर्क गाउँपालिका– ५ बस नं. बा ५ ख ३७०२
८. सुमो चालक नबिन ठाकुरी– मकवानपुर इन्द्र सरोवर गाउँपालिका– सुमो नं.३ बा १९ च २३७३






