रामेछापबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस काभ्रेको भुम्लु गाउँपालिका–८ पौवामा दुर्घना भएको छ । रामेछाप डोरखानी बाट काठमाण्डौको लागी छुटेको बा ३ ख ८४०८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । ब्रेक फेल भएर बस दुर्घना भएको जिल्ला प्रहरी काभ्रेले जनाएको छ । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । चालक प्रहरी चौकी दोलालघाटको नियन्त्रणमा छन् ।
घाईतेहरुः
१.जिल्ला रामेछाप दोरम्बा गा.पा २ बस्ने अ. बर्ष ४६ को भिम बहादुर मगर मुख र घोडामा चोट अबस्था मध्यम ।
२.ऐ.दोरम्बा ७ बस्ने बर्ष अ.४४ को नम्बर सिंह तामाङ मुख र घाँटीमा चोट अबस्था मध्यम ।
३.ऐ.ऐ.४ बस्ने बर्ष ४६ की फुल माया तामाङ टाउकोमा चोट मध्यम ।
४.जिल्ला काभ्रे चौरिदेउराली गा.पा.३ बस्ने बर्ष अ.३० को राम बहादुर चापागाई कम्मरमा भित्री चोट अवस्था मध्यम
५.ऐ.भुम्लु गा.पा.५ बस्ने अ. बर्ष ४५ को मिन बहादुर बि।क।दाहिने आखा र देब्रे कुममा चोट अबस्था मध्यम ।
६.रामेछाप दोरम्बा ७ बस्ने बर्ष अ.२८ को भुवन थापा मगर ओठमा चोट सामान्य ।
७.जिल्ला गोरखा अजिरकोट गा.पा. ४ बस्ने अ. बर्ष ३५ को कमल सुनार च्यापुमा चोट मध्यम ।
८.जिल्ला काभ्रे चौरिदेउराली गा.पा.३ बस्ने बर्ष अ.२६ को सुवास तामाङ च्यापुमा चोट मध्यम ।
९.ऐ.ऐ.भुम्लु गा.पा. ५ बस्ने अ. बर्ष ४४ की निर्मला खत्री देव्रे हातमा चोट सामान्य ।
१०.ऐ.ऐ.चौरिदेउराली गा.पा. ९ बस्ने बर्ष अ.२१ को सरोज रसाईली देब्रे हातमा चोट सामान्य ।
११.ऐ.ऐ.२ बस्ने बर्ष २६ को राम गौतम छाति र गालामा चोट मध्यम
१२.ऐ.ऐ.४ बस्ने बर्ष २१ को सरोज बि.क.टाउको र देब्रे खुट्टामा चोट मध्यम ।
१३. ऐ.ऐ. ३ बस्ने बर्ष ७८ को दोर्जे लामा छातीमा भित्री चोट, मध्यम ,
१४. ऐ.ऐ. ३ बस्ने बर्ष १७ को प्रकाश गौतम छातीमा चोट, सामान्य
१५. जिल्ला रामेछाप दोरम्बा गा.पा. ७ बस्ने बर्ष ५९ को असलमान तामङ, कोखा दुखेको, सामान्य
१६. ऐ.ऐ. बस्ने बर्ष ६४ को सुकलाल लामा छाति दाहिने घोडामा चोट, मध्यम
१७. ऐ.ऐ. बस्ने बर्ष ४५ को शेर बहादुर तामाङ कोखामा दुखाई, सामान्य
१८. ऐ.ऐ. ४ बस् ने बर्ष ४० को तारा बहादुर श्रेष्ठ, मुखमा चोट सामान्य
१९. ऐ.ऐ. ७ बस्ने बर्ष १५ को दिव्या थापा मगर, दातमा चोट, सामान्य
२०. ऐ.ऐ. ४ बस्ने बर्ष ५१ को चेत बहादुर श्रेष्ठ, कम्मरमा भित्री दुखाई, मध्यम
२१. जिल्ला काभ्रे चौरी देउराली गा.पा. ३ बस्ने बर्ष ५८ की माईली तामाङ छातीमा भित्री चोट, सामान्य
२२. ऐ.ऐ. ५ बस्ने बर्ष ६४ की मैया बुढाथोकी, टाउको दाहिने हातमा चोट, मध्यम
२३. ऐ.ऐ. भुम्लु गा.पा. ५ बस्ने बर्ष ४१ को जनक रिजाल कम्मरमा भित्री दुखाई, मध्यम