केपी ओली र विद्यादेवी भण्डारीबीच पार्टी कार्यालयमा आज छलफल हुँदै

काठमाडौं/ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीबिच आज एमाले पार्टी कार्यालयमा छलफल हुने भएको छ। भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेको सन्दर्भमा उनीहरूबिच छलफल हुन लागेको हो। 

दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा छलफल हुन लागेको हो। हालै सम्पन्न एमालेको पदाधिकारी तथा पोलिटब्यूरो बैठकमा भण्डारी पार्टीै राजनीतिमा फर्कने विषयमा छलफल भएको थियो। कतिपय नेताले  नेताले भण्डारीलाई स्वागत गर्नुपर्ने बताए पनि ओली निकटले भने रोक्नुपर्ने पक्षमा छन्। जसकारण भण्डारीको पार्टी सदस्यता समेत नवीकरण नगरी रोकिएको छ । 

शनिबार बसेको पोलिटब्यूरो बैठकले भण्डारीको विषयमा निर्णय गर्ने अधिकार ओलीलाई दिएको थियो।