शेखर कोइराला निकट सांसदहरूको छलफल
काठमाडौँ /नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो निकटका सांसदहरूलाई छलफलका लागि बोलाएका छन् ।
नेता कोइरालाले दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा आफ्नो नजिकका सांसदहरूलाई बोलाएका हुन् ।
हालसम्म बैठक जारी रहेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए । “बैठक हाल चलिरहेको छ र यसका विषयवस्तुहरूमा गहिरो छलफल भइरहेको छ, उनले भने ।
पछिल्लो समय, डा. शेखर कोइरालाले पार्टीका आन्तरिक गतिविधिहरू मात्रै नभएर पार्टी बाहिरका नेताहरूसँग पनि छलफलको क्रमलाई तीव्र पारेका छन् ।
केही समय अघि मात्रै नेता कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गरेका थिए






