अध्यक्ष ओलीलाई भेट्न च्यासल पुगिन् विद्या भण्डारी
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेकी छन्। एमालेको पोलिटब्युरो बैठकमा भण्डारीको एमालेको सदस्यता सम्बन्धी विवाद चर्को रूपमा उठेको थियो।
भण्डारीको सचिवालयका अनुसार एमालेमा सक्रिय हुनेबारे ओली र भण्डारीबीच कुराकानी हुनेछ । भोलि ब्युरो बैठकको समापन गर्दै ओलीले भण्डारी राजनीतिमा आउने बारेमा आफूले संवाद गर्ने र पार्टीको निर्णयअनुसार निर्णय गर्ने बताएका थिए । दुई नेताबीच ३ बजे भेटवार्ता हुने एमाले केन्द्रीय कार्यालय च्यासलले जनाएको छ ।






