एमाले बैठक भोली ११ बजे पुनः बस्ने, विधान संशोधन प्रस्तावमाथि धारणा राख्ने क्रम जारी
नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा विधान संशोधनसम्बन्धी प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार चासस्थित केन्द्रीय कार्यालयमा सोमबार बिहानदेखि सुरु भएको बैठकमा आज ४० जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन् ।
मङ्गलवार बिहान ११ बजे पुनः बस्ने गरी केन्द्रीय कमिटीको बैठक स्थगित भएको जानकारी दिए ।






