बनेपा बचत साकोसद्धारा शिक्षा सदनमा सहकारी शिक्षा प्रदान तथा स्टेशनरी सामाग्री वितरण

बनेपा/ बनेपा बचत तथा ऋण सहकारी संस्था, बनेपा–८ बाट शिक्षा सदन माविका कक्षा १० मा अध्ययनरत ४८ जना विद्यार्थीहरुका लागि सहकारी शिक्षा प्रदान गरीएको छ । त्यसै गरी कक्षा १ र २ मा अध्ययनरत ७४ जना विद्याथीहरुका लागि स्टेशनरी सामाग्री वितरण गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा प्रध्यानाध्यापक लक्ष्मण दाहालले स्वागत मन्तब्य राखेका थिए । बनेपा साकोसका सचिव जितेन्द्र नकर्मी तथा सहायक व्यवस्थापक रविना प्रधानले सहकारी शिक्षाका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा शिक्षा समिति सदस्यहरु कमला मल्ली, प्रयागराज कारंजित, दया कोख श्रेष्ठले स्टेशनरी सामाग्री वितरण गरेका थिए ।

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागी बनेपा बचत तथा ऋण सहकारीले गरेको सहयोगको लागि आभार प्रकट गर्दे अझ प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुने अध्यक्ष पदम सुन्दर श्रेष्ठले बताए ।