सुनको मूल्य तोलामा २१०० रुपैयाँ बढ्यो
काठमाडौँ/ नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि हुँदै छापावाल सुन तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको हो।
मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो।
यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार चाँदी तोलामा २ हजार ३२० रुपैयाँ कायम भएको थियो।






