प्रधानमन्त्रीको संसदमा गर्ने विशेष सम्बोधन स्थगित, प्रश्नोत्तर हुने
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा गर्ने भनेको विशेष सम्बोधन अर्को दिनलाई सरेको छ।
‘आज ७ गते दिउसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्रीबाट हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको र कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर यथावत् रहेको जानकारी गराउन चाहन्छु’, एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
प्रधानमन्त्रीको तयारी नपुगेर सम्बोधन स्थगित भएको बताइएको छ। बर्तौलाका अनुसार सम्बोधन अर्को दिन हुनेगरी सारिएपनि प्रश्नोत्तर कार्यक्रम भने यथावत् रहेको छ।






