जिल्लाकै नमुना सामुदायिक: सहकारीमा पहिलो, उत्कृष्ट करदातामा छैटौ

जिल्लामा संचालन भएका मध्ये असार मसान्तसम्म आयकर र ब्याजकर बुझाएर उत्कृष्ट हुने सहकारीहरुमा पनौतीको सामुदायिक साकोस, पाँचखालको आर्थिक विकास मित्र बचत, बनेपाको मनकामना बचत र बुडोल सामुदायिक रहेका छन् भने छाता संगठन बागमती प्रदेश बचत तथा ऋण सहकारी पनि उत्कृष्ट करदातामा समावेश भएको छ । 
जिल्लामा रहेका १ लाख  २९ हजार ९ सय ६९ करदाता मध्ये पनौतीमा रहेको सामुदायिक साकोस धेरै कर तिर्ने करदाताको सूचीमा छैटौ नम्वरमा पर्न सफल भएको छ भने सहकारी क्षेत्रमा पहिलो संस्था बन्न सफल भएको छ । सामुदायिक साकोसले ४ करोड ४९ लाख ७४ हजार ५ सय ८७ रुपैया कर बुझाएको छ । 
उत्कृष्ट करदाता मध्ये असार मसान्तसम्म कर बुझाउनेमा पहिलो रोयल काठमाडौ हिमालय बेभरेज प्राली रहेको छ । ३७ करोड ५८ लाख ५१ हजार ३ सय ८८ रुपैया तिरी उत्कृष्ट र पहिलो करदाता बनेको हो । यद्यपी पौष मसान्तसम्म विवरण थप गर्ने समय रहेकाले अन्य संस्थाहरु पनि उत्कृष्ट करदाता हुन सक्ने सम्भावना छ । तर पनि असार मसान्तसम्म त्यहि कम्पनी पहिलो करदाता बनेको हो । यो वाईन कम्पनी हो । 
सामुदायिक साकोसले बुझाएको ४ करोड ४९ लाख ७४ हजार ५ सय ८७ रुपैया कर मध्ये आयकर १ करोड ६८ लाख ४३ हजार ९ सय १२ र ब्याजकर २ करोड ८१ लाख ३० हजार ६ सय ७५ रुपैया रहेको छ । पाँचखालमा रहेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी क्षेत्रको जिल्लाको दोश्रो धेरै कर बुझाउने सहकारी बनेको छ । १ करोड २९ लाख ८४ हजार ५ सय ६८ रुपैया कर बुझाएको छ । 
बनेपामा रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ करोड २८ लाख ६१ हजार ३ सय ७२ रुपैया कर बुझाएको छ । बुडोल सामुदायिक बचत तथा ऋण सहकारीले १ करोड ६ लाख ५४ हजार ९ सय १३ रुपैया कर बुझाएको छ । सहकारीहरुको छाता संगठन बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडले २ करोड ५२ लाख २४ हजार १ सय ४२ रुपैया कर बुझाएको छ । 
यि हुन विद्यागतमा उत्कृष्ट करदाता
आन्तरिक राजश्व कार्यालय धुलिखेलमा विभिन्न विद्यामा आर्थिक वर्ष २०८१÷२०८२ मा आयकर, ब्याज कर लगायतको शिर्षकमा उत्कृष्ट कर तिर्ने संस्थाहरु मध्ये सहकारी क्षेत्रको पहिलो र उत्कृष्ट पनौतीको सामुदायिक सहकारी रहेको छ । जिल्लामा रहेका लघुवित्त तर्फ आशा लघुवित्त, होटल तर्फ होटल मिस्टिक माउन्टेन, विद्यालय तर्फ नेपाल प्रहरी स्कुल साँगा, निर्माण ब्यवसायीहरु तर्फको श्री नवदुर्गा निर्माण तथा सरसफाई जनशक्ति प्राली, उद्योग तर्फ सत्यम फुटवेयर इन्डस्ट्रिज प्राली, क्रसर तथा खानी तर्फ थ्रि.जी क्रसर उद्योग प्राली र क्याम्पस तर्फ निस्ट कलेज प्रालीले धेरै कर बुझाएका छन् ।