आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गरौँ : सभामुख घिमिरे

काठमाडौं / सभामुख देवराज घिमिरेले सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । बिहीवार सिंहदरबारमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वले हस्तान्तरण गरेको बाँसबाट निर्मित सामग्रीहरु ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रत्येक कुराहरु सडकमा गएर आन्दोलन गरी बाध्य परिस्थिति बनाएपछि मात्रै न्युनतम सुनुवाई गर्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको बताए । उनले मागहरु अव्यवहारिक, असान्दर्भिक, अनुचित भए त्यतिबेलै यस्तो भयो भन्न सक्नुपर्ने बताए ।

कोशिसको बाबजुद पनि सुनुवाई भएन भने सडकमा जानेकुरा गैरसंवैधानिक नभएको पनि बताए । बाँसको सामग्रीको प्रवद्र्धनका लागि संसदमा कुनै कानूनहरु अड्किएका भए निर्माण गर्नेकुरामा प्रतिनिधि सभा सधैँ अग्रसर रहने बताए ।

सभामुख घिमिरेले बाँस वनस्पतीलाई धेरै ठाउँमा प्रयोग गर्न सकिने र यसको महत्व उल्लेख्य रहेको बताए ।