ममता हत्या प्रकरणः श्रीमान् नरेशमाथिको मुद्दा एक वर्ष पछाडि धकेलियो
मानसास । ममता काफ्ले बेपत्ता भएको लगभग एक वर्षपछि उनका श्रीमान् नरेश भट्टको मुद्दा एक वर्षभन्दा बढी समयका लागि पछाडि धकेलिएको छ। यसले छिटो न्याय खोजिरहेकाहरू र सामाजिक कार्यकर्ताहरूलाई थप निराश बनाएको छ।
गत जुलाईमा ममता बेपत्ता भएपछि नरेशलाई फर्स्ट–डिग्री मर्डर, शव लुकाएको र शवलाई अङ्गभङ्ग गरेको तीनवटा संयुक्त आरोप लागेको छ । उनी अब कम्तिमा अक्टोबर २०२६ सम्म प्रहरी हिरासतमा रहनेछन्।
मुद्दाको सुनुवाइ सेप्टेम्बरमा सुरु हुने तय भएको थियो, तर अब यो अर्को वर्षको अक्टोबरमा हुनेछ । मुद्दाको प्रि–ट्रायल सेप्टेम्बर १०, २०२६ मा हुनेछ।
प्रिन्स विलियम काउन्टी सर्किट न्यायाधीश किम्बर्ली ए। इरभिङले सुरुमा लामो ढिलाइको लागि विपक्षीको अनुरोधमा आश्चर्य व्यक्त गरे पनि, अन्ततः अभियोजन पक्षले आफ्नो व्यस्त तालिका देखाउँदै सहमति जनाएपछि उनले मुद्दा स्थगित गर्ने निर्णय गरिन्।
न्यायाधीश इरभिङले वरिष्ठ सहायक वकिल शलेभ बेन–अब्राहमलाई सोझै सम्बोधन गर्दै यो अनुरोधले आफूलाई स्तब्ध बनाएको बताएकी थिइन्। उनले नरेश भट्टमाथि गत अगस्टमा प्रारम्भिक आरोप लागेको दुई वर्षभन्दा बढी समयपछि मुद्दाको सुनुवाइ हुनुलाई अनौठो मानेकी थिइन्।
नरेश भट्टलाई ममता काफ्ले भट्ट बेपत्ता भएको सम्बन्धमा अगस्ट २२ मा पक्राउ गरिएको थियो र शव लुकाएको आरोप लगाइएको थियो। त्यसपछि उनलाई डिसेम्बर ४ मा हत्या र शवलाई अङ्गभङ्ग गरेको आरोपमा थप मुद्दा चलाइएको थियो।
मनासस पार्क प्रहरीले ५० भन्दा बढी पटक खोजी गरे पनि ममता भट्टको शरीर वा अवशेषहरू फेला पर्न सकेको छैन।
शुक्रबारको सुनुवाइको सुरुमा मुद्दा स्थगित गर्ने प्रस्ताव राख्दै बेन–अब्राहमले ‘ृममताकोे परिवारमा भइरहेको सबै कुराका लागि आफूलाई गहिरो दुःख लागेको’ बताएका थिए र थपेका थिए, ‘त्यो स्तरको शोकको म कल्पना पनि गर्न सक्दिनँ।’
ममता भट्टकी आमा गीता काफ्ले र भाइ महेश काफ्ले गत अक्टोबरमा अमेरिका आएका थिए र ममताकी सानी छोरी नीमाको हेरचाहका लागि उनीहरू भविष्यमा पनि यहाँ बस्ने योजनामा छन्।
अभियोजन पक्षका तर्फबाट २४ जना विशेषज्ञ साक्षीहरूलाई बयानका लागि तयार पारिएको भन्दै बेन(अब्राहमले अभियोजन पक्षका उप–एटर्नी म्याथ्यु स्वीट र वरिष्ठ सहायक अटर्नी सारा सामीले फेब्रुअरी १८ मा उपलब्ध गराएको ठूलो मात्रामा डाटाको अध्ययन गर्न आफूलाई थप समय चाहिएको बताएका थिए। अभियोजन पक्षले यस महिनाको सुरुमा थप डाटा उपलब्ध गराएको थियो।
बेन–अब्राहमले अक्टोबर २०२६ को सट्टा जुलाई २०२६ मा मुद्दा सुरु गर्न चाहेको भए पनि, स्वीट र सामीको व्यस्त तालिकाले गर्दा त्यो समयमा सम्भव नभएको बताए। स्वीटको जुन र जुलाईको बीचमा हत्याको अर्को मुद्दाको सुनुवाइ छ।
तालिकाको समस्याका बावजुद, दुवै पक्षले नरेश भट्टको उचित कानूनी प्रक्रिया ९ड्यू प्रोसेस० को संवैधानिक अधिकारलाई सम्मान गर्नमा ध्यान दिएका थिए।
सामीले अभियोजन पक्ष ‘सेप्टेम्बर २०२५ को लागि तयार’ रहेको बताए पनि, उनले आफू र स्वीट कुनै पनि ‘अपील योग्य मुद्दा’ बाट बच्न चाहेकोमा जोड दिइन्।






