नेप्सेमा झण्डै चार अंकले बृद्धि
काठमाडौं/ नेप्से बढेको छ । नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि ३ दशमलव ७६ अंकले बढेर २९ सय ८२ दशमलव ६४ अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय २८ वटा कम्पनीहरुको एक लाख ५४ हजार ६४२ पटकको कारोबारमा तीन करोड ८९ लाख ६२ हजार पाँच सय आठ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १८ अर्ब ४९ करोड चार लाख २८ हजार सात सय ९४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा सात वटा समूहहरुको सूचक घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक नौं दशमलव ५५ अंकले घटेर १५ सय ४७ दशमलव ९६ अंकमा झरेकोमा फाईनान्स समूहको सूचक पनि २० दशमलव ६८ अंकले घटेर २६ सय ९८ दशमलव ४२ अंकमा झरेको छ ।
जीवन बीमा समुहको सुचक पनि ३४ दशमलव ३६ अंकले घटेर १४ हजार तीन सय ८८ दशमलव ६१ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ७८ दशमलव २२ अंकले घटेर १३ हजार पाँच सय ४२ दशमलव ६५ अंकमा झरेको छ ।
बिकास बैक समूहको सूचक भने ६६ दशमलव १६ अंकले बढेर छ हजार दुई सय ८६ दशमलव दुई अंकमा पुगेकोमा जलबिद्युत समूहको सूचक पनि ७७ दशमलव ४७ अंकले बढेर तीन हजार नौं सय ४१ दशमलव ९५ अंकमा पुगेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्रिन भेञ्चर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने मञ्जुश्री फाईनान्सको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने राधी जलबिद्युत कम्पनी परेको छ ।






