आज सुन तोलामा ५ सयले घट्यो

काठमाडौं / नेपाली बजारमा कारोबार साताको अन्तिम दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सयले घटेको हो ।

छापावाल सुनको मूल्य तोलाको १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो करोबार दिन बिहीबार १ लाख ९५ हजार २ सय रुपौयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य ५ रुपैयाँले बढेर २ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी २ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।