एमालेमा निषेधपछि पूर्वराष्ट्रपतिको सम्बोधन– पार्टी सदस्यता विधिपूर्वक नवीकरण गरेकी थिएँ
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले विधिपूर्वक नेकपा (एमाले) को सदस्यता नवीकरण गरेको बताएकी छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेरैआफूले पार्टी राजनीतिमा सक्रिय हुने संकल्प गरेको बताइन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पत्रकार सम्मेलन जारी छ । काठमाडौंस्थित कार्की बैंक्वेटमा उनले पत्रकार सम्मेलन गरेकी हुन् । सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको माउ पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ । त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीको यो विशेष पत्रकार सम्मेलनई अर्थपूर्णरूपमा लिइएको छ ।






