बिपी राजमार्गमा स्कुटर दुर्घटना, पुर्व नगर प्रमुख टिपी शर्मा तिमल्सिना सहित ३ जना घाइते
नमोवुद्धमा स्कुटर दुर्घटना हुँदा पुर्व नगर प्रमुख टंक प्रसाद (टि.पि.) शर्मा तिमल्सिना सहित दुई जना घाइते भएका छन् । आज विहान ७ः४४ बजेको समयमा नमोबुद्ध न.पा. २ बिस किलो स्थित बि.पि राजमार्गमा दुर्घना भएको हो । नार्के बाट काठमाण्डौ तर्फ जादै गरेको बा ६२ प ३५७८ नं.को स्कुटरले बिपरित दिशा बाट आउदै गरेको बा.प्र. ०३-०२-००७ प ८८०० नं. को स्कुरटलाई ठक्कर दिएको थियो । दुर्घटनामा बा।प्र। ०३-०२-००७ प ८८०० नं. को स्कुटर चालक नमोबुद्ध २ वस्ने अन्दाजी वर्ष ४६ का किशोर तिमल्सिना सामान्य घाईते भएका छन् । स्कुटरमा पछाडि सवार उनका बुबा ७२ वर्षीय टंक प्रसाद शर्मा भने गम्भिर घाईते भएका छन् । घाइते दुई जनालाई उपचारको लागी धुलिखेल अस्पताल लइाइँदैछ । बा ६२ प ३५७८ नं. को स्कुटर चालक जिल्ला दोलखा मेलुङ गा.पा. ०३ घर भई हाल रोशी गा.पा.०८ वस्ने वर्ष २६ को निमा तेम्वा थोकर सामान्य घाईते भई उपचारको लागी मेथिनकोट अस्पताल पठाईएको छ । ठक्कर दिने चालक र स्कुटर प्रहरीको नितन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।





