नेकपा एमाले नमोवुद्ध–३ को वडा अधिवेशन सम्पन्न
नेकपा एमाले नमोबुद्ध नगरपालिका ३ नम्बर वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। वडा कमिटीका अध्यक्ष माधब भुर्तेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले गरेका थिए ।
कार्यक्रममा काभ्रे जिल्ला कमिटी सचिब राजकुमार सापकोटा ,एमाले बागमती प्रदेश सल्लाहकार सदस्यहरु गोमा भुर्तेल र उद्धब हुमागाँई, एमाले नमोबुद्ध नगर कमिटी उपाध्यक्ष कृष्ण बहादुर लामा, सचीव सन्जीब ढकाल, उपसचिव उपेन्द्र अधिकारी, जिल्ला कमिटी सदस्यहरु नवराज भुर्तेल, शंकार गिरि, दामोदर खनाल, सन्जीप न्यौपाने, नेतृ पबित्रा भुर्तेल एवं विभिन्न जन बर्गिय संगठनका सदस्य, संगठित सदस्य लगायतको उपस्थिति रहेको थियो।
अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजन भुर्तेलले समृद्धिको अभियानमा आफु सारथी बन्न तयार रहेको भन्दै विकासको यात्रामा एमालेलाई थप साथ दिन पार्टी पंक्तिलाई आग्रह गरे। अधिवेशनले नयाँ वडा कमिटी घोषणा गर्दै संगठनलाई थप सुदृढ बनाउने संकल्पसमेत गरेको छ।
नेकपा एमाले नमोबुद्ध–३ को दोस्रो अधिवेशनबाट अध्यक्षमा माधब भुर्तेल, उपाध्यक्ष शिव तिवारी, सचिव परिक्षण हुमागाई, उपसचिव रमेश रम्तेल र सपना तामाङ सहित १५ सदस्यीय कमिटी निर्बाचित भएको छ ।






