बलियो वा कमजोर आफ्नै कारण बन्छ: चौतर्थी हमला र प्रहारका विचपनि त एमाले सबैभन्दा ठूलो दल बनिरहेको छ
होम प्रसाद चौंलागाँईं
नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी वा छोट्करीमा नेकपा एमाले नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी लेनिनवादी र नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी बीच एकीकरण भई २०४७ पुस २२ गते स्थापना भएको नेपालको तत्कालिन सबैभन्दा ठूलो विपक्षी राजनीतिक दल हो । पछिल्लो समय पपुलर मतमा सबैभन्दा ठूलो भएपनि संसद्को अंक गणिताम नेकपा एमाले नेपालको सङ्घीय संसदको दोस्रो ठूलो दल हो ।
नेकपा एमालेले धैरैवटा सरकारको नेतृत्व गरिसकेको छ । मनमोहन अधिकारी, केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनालले त एमालेबाट सरकारको नेतृत्व गरिसकेका छन् । २०७८ भदौमा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा केहि केन्द्रीय समिति सदस्य र झलानाथ खनाल लगायत सांसद्ले, नेकपा एकीकृत समाजवादी नामक नयाँ दल गठन गरेसँगै दल विभाजित बन्न पुगेको थियो । यो पार्टीलाई बृद्ध भत्ता लगायत बिभिन्न सामाजिक सुरक्षा भत्ता जस्ता लोकरिझाई कार्यक्रम सुरुवात गर्ने श्रेयर आरोप दिइन्छ ।
अझ पछिल्लो समय त नेकपा एमाले नेपालको सर्वाधिक लोकप्रीय पार्टी हो । उसले प्राप्त गरेको समानुपातिक मतले त्यहि भन्छ । फलेको वृक्षमै प्रहार हुने नेपाली उखान बमोजिम आजकाल एमालेमाथी निकै प्रहारहरु शुरु गर्न थालिएको छ । बिभिन्न खालका शक्तिले एमाले माथि हमला गरिरहेको देख्न सकिन्छ । एमालेलाई राजावादी, कम्युनिष्ट नामका माओवादी, समाजवादी पपुलिष्ट राजनीति गर्नेहरु र विदेशी शक्तिहरुले हमला गरिरहेको देख्न सकिन्छ ।
नेकपा बन्यो, त्यसपछि एमाले कब्जाको प्रयाश भयो । कब्जा सम्भव नदेखिएपछि पार्टी ३ टुक्रा बनाइयो । तिनीहरु र केहि नयाँधारीहरु मिलेर सामाजिक सञ्जालमार्फत एमालेलाई कमजोर पार्न खोजिरहेका छन् । राजावादी, माओवादी, समाजवादी पपुलिष्ट र बाह्य शक्तिहरुको नजरमा एमाले कमजोर हुँदा आपूmहरुको स्वार्थ पूरा हुने भएकोले उनीहरु हामीमाथि खनिएका हुन् । एमाले नभएको भए राजालाई नारायणहिटी लगेर श्रीपेच लगाइदिन अवरोध हुने थिएन भन्ने लागेर राजावादीहरु एमालेविरुद्ध खनिने गरेका छन् । एमाले भएकै कारण राजावादीले जेठ १५ गते देखि सुरु गरेको अनिश्चितकालिन आन्दोलनले हावा खायो । त्यसैले उनीहरु एमाले विरुद्ध खनिंदै आएकाछन् । राजावादीको गालीबाट कोहि विचलित हुन अनवश्यक छैन ।
एमालेलाई कमजोर नपारेसम्म आफूहरु बढ्न नसक्ने निष्कर्ष निकालेर माओवादी, समाजवादी र अन्य कम्युनिष्ट नामका पार्टी हमलामा उत्रिएको छ । एमालेलाई कमजोर पारेपछि मात्र आफ्नो आकार बढाउन सकिन्छ भन्ने लागेका कम्युनिष्टधारीहरु साइबर हमला गर्न आएका छन् । तिनीहरु विदेशीको इशारामा चलिरहेको देख्न सकिन्छ । कांग्रेससँग एमालेले सत्ता सहकार्य गरेपछि आफ्नो बार्गेनिङ घट्यो भनेर तिनीहरु एमाले विरुद्ध खनिएका हुन् । यस्तो बेलामा एमालेहरु आत्तिने होइन एकमना एकाताका साथ प्रतिकारमा उत्रन सक्नु पर्दछ ।
एमाले माथी हमाल गर्ने तेस्रो शक्तिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहहरुलाई पनि देख्न सकिनछ । पपुलिजमका नाममा जनता अलमल्याएर उनीहरुले एमालेमाथि हमला गरिरहेका छन् । किन भने उनीको गलत नीतिको प्रतिरोध र भण्डाफोर गर्न सक्ने एमाले हो भन्ने बुझेका छन् ।
बाह्य शक्ति पनि एमाले कमजोर भयो भने नेपाललाई कठपुतली बनाउन पाइन्थ्यो भन्ने सोचाइमा लागेको छ । नाकाबन्दीको सामना, गुमेको जमिनलाई नेपालको नक्सामा गाभ्ने काम र देशका लागि स्वभाविमान प्रदर्शन एमालेले ग¥यो, मुलुकमा स्थायित्वको खोजी ग¥यो । एमाले कमजोर भएको भए देशलाई कठपुतली र विदेशीको गीर खेल्ने ठाउँ बनाउथे । त्यो स्वार्थ पूरा गर्न एमालेले दिएको छैन । त्यसैले एमाले र यसको नेतृत्वप्रति हमला भइरहेको हो ।
सामाजिक सञ्जालमा राजनीतिक भनाइहरु राख्दामाथि उल्लेख गरिएका चारैवटा शक्तिहरुले आक्रमण गर्दै आएकाछन् । राजनीतिक कुरा सामाजिक सञ्जालमा राख्दा गाली खाइन्छ, मुख छाड्छन् भनेर एमालेका केही नेता कार्यकर्ताले पास्नी, बिहे, पार्टी, पारिवारिक तस्बिर मात्र हालेर बस्ने गरेको देख्न सकिन्छ । एमालेहरुले यसो गर्न सुहाउँदैन । आफ्ना राजनीतिक कुरा राख्ने र सामूहिक प्रतिवाद गर्ने काम हामीले गर्नुपर्दछ । ब्यापक घेरबन्दी र खुइल्याउने प्रयत्नका बाबजुद् नेकपा एमालेको पार्टी सदस्यता सङ्ख्या यस पटक झन वढेको छ ।
यसरी हेर्दा नेकपा एमालेको संगठित सदस्य संख्या ११ लाख नाघेको छ । एमाले केन्द्रीय कार्यालयका अनुसार २०७८ चैत मसान्तसम्ममा संगठित सदस्य ११ लाख ३ हजार ७ सय ४३ जना पुगेका छन । त्यस्तै एमालेपछि दोस्रो ठूलो दल नेपाली कांग्रेसको क्रियाशील सदस्यको सङ्ख्या आठ लाख ७० हजार रहेको छ । काँग्रेसले क्रियाशील सदस्यहरूको सूची पार्टीको आधिकारिक वेबसाइटमै राखेको छ । कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्माका अनुसार आठ लाख ४० हजार १०६ क्रियाशील सदस्यको नामावली वेबसाइटमा राखिएको छ । बाँकी क्रियाशील सदस्यको सूची वेबसाइटमा अध्यावधिक गर्ने कार्य चलिरहेको कांग्रेसले जनाएको छ । त्यस्तै माओवादी केन्द्रले पनि सङ्गठित सदस्य सात लाख ५० हजार पुगेको बताएको छ । तर एमाले र कांग्रेसले जसरी वेभसाइटमा भने राखेको छैन ।






