ई–रोटरी क्लब अफ नमोबुद्ध बागमतीले गर्यो नालाको बुले बनमा वृक्षारोपण
नाला/रोटरी डिष्ट्रिक ३२९२ अन्र्तगतको वृक्षारोपण अभियान अनुसार ई–रोटरी क्लब अफ नमोबुद्ध बागमतीको आयोजनामा बनेपा नगरपालिका वडा नम्बर ४ मा रहेको बुले सामुदायीक बनमा वृक्षारोपण गरेको छ ।
बृक्षारोपण कार्यक्रममा रोटरी क्लबकी अध्यक्ष शोभा थापा नकर्मीको सभापतित्वमा र बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाको प्रमुख आतिथ्यमा वृक्षारोपण कार्य गरिएको थियो । कार्यक्रमकी प्रमुख अतिथी सापकोटाले वृक्षारोपण प्रकृति संरक्षणको महत्वपूर्ण कार्य भएकाले वातावरणीय सन्तुलन बिग्रन नदिन र हरियाली जोगाई राख्न महत्वपुर्ण कार्य रहेको बताईन् । सापकोटाले पहिरो रोक्न, पानीको स्रोत बढाउन लगायतका बृक्षारोपणले अनेक फाइदा पु¥याउने बताईन् । नगरपालिकाका विभिन्न क्षेत्रहरुमा वृक्षारोपणका कार्यहरू हुँदै आएका छन् त्यसलाई संरक्षण गर्नु नगरपालिका लगाएत विभिन्न सघं सस्थाको समेत जिम्बेवारी रहने सापाकोटाले बताईन् ।
कार्यक्रममा वन उपभोक्ता समितिकाका अध्यक्ष विकास रम्तेल, वडा सदस्यहरु, सरकारी, गैरसरकारी, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू तथा विभिन्न व्यक्तित्वहरू, सुरक्षाकर्मी, अभियन्ता, विद्यार्थी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा क्लबले वातावरण संरक्षण र हरियाली विस्तारको लागि २ सय वटा विभिन्न फलफुलको बिरुवा रोपेको अध्यक्ष शोभा थापा नकर्मीले जानकारी दिईन् । बृक्षारोपणले हरियाली संरक्षण, वातावरणीय चेतना र सामाजिक उत्तरदायित्वबारे गम्भीर सन्देश प्रवाह गरेको थापाले बताईन् ।
त्यसै गरी क्लबले गत शुक्रबार बनेपामा रहेको शिक्षा सदन माध्यमिक विद्यालयमा महिनावारी सरसफाई बारे सचेतना प्रदान गरेको छ । रोटरी ई–क्लब अफ नमोबुद्ध बागमती, उग्रचण्डी महिला समुहको आयोजनामा र शिक्षा सदन माविको सहकार्यमा उक्त सचेतना कार्यक्रमको आयोजना गरिएको थियो ।






