मेचिनगरमा स्कारपिओको ठक्करबाट पैदल यात्रीको मृत्यु
मेचिनगर/ झापाको मेचिनगर नगरपालिका–१२ सरेडाँगीस्थित मेची राजमार्गमा सवारी दुर्घटनामा परि एक अन्दाजी ४५–४६ वर्षीय पुरुषको मृत्यु भएको छ।
ईलामबाट चारआलीतर्फ जाँदै गरेको सेतो रङको स्कारपिओले पैदल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटना आज साँझ ७: ३० बजे भएको हो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो। तर साँझ ८ बजे अस्पताल पुर्याउने वित्तिकै चिकित्सकले मृत घोषित गरेका थिए।






