रोटरी क्लब अफ धुलिखेलको २८ औं पदस्थापन

धुलिखेल/रोटरी क्लब अफ धुलिखेलको २८ औं पदस्थापन समारोह सम्पन्न भएको छ । रोटरी इन्टरनेशनल ३२९२ का डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वर्ष २०२५–२०२६ का अध्यक्ष डा.अनिश जोशीको अध्यक्षता रहेको थियो ।
प्रमुख अतिथि डिस्ट्रिक गर्भनर विनोद कोईरालाले अध्यक्ष डा.जोशीलाई क्लबको अध्यक्ष पदमा औपचारिक रूपमा पदस्थापन गराउँदै चार्टर सर्टिफिकेट लगायतका रोटरीयन सामाग्री प्रदान गरेका थिए । कार्यक्रममा क्लबकी फस्र्ट लेडी बिभा अधिकारी कोइराला, सहायक गभर्नर रामप्यारी बस्नेत बज्राचार्य, निर्वतमान अध्यक्ष ज्योत्सना सैंजू, तथा विभिन्न क्लवका अध्यक्ष तथा पुर्व अध्यक्ष, पुर्व पदाधिकारीहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले भिडियो सन्देश दिएका थिए ।
अध्यक्षको पदस्थापन गर्दै डा.अनिश जोशीले धन्यवाद ज्ञापन गरेका थिए । संस्थाले आगामी वर्षमा गर्ने विविध कार्यक्रमहरू बारे सभामा अवगत गराए । शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा क्लबलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बोर्ड सदस्यहरूको घोषणा सँगै शपथ गराईएको थियो । अध्यक्ष डा.जोशीले क्लबका नयाँ बोर्ड सदस्यहरूलाई सार्वजनिक गर्दै डिस्ट्रिक गर्भनर कोइरालाले शपथ गराएका थिए । कार्यक्रममा निर्वतमान अध्यक्ष ज्योत्सना सैंजुले आफ्नो कार्यकालमा सम्पन्न भएका गतिविधिहरुको कार्यक्रमहरूको विवरण भिडियो मार्फत प्रस्तुत गरेकी थिईन् । क्लबमा प्रवेश गरेका नयाँ सदस्यको औपचारिक स्वागत गरिएको थियो । उनीहरूलाई सहायक गर्भनर रामप्यारी बस्नेतले परिचयपत्र तथा ब्याज वितरण गरेकी थिईन् ।
कार्यक्रममा सञ्जीवनी माध्यमिक विद्यालयकी उत्कृष्ट छात्रा प्रबिन थापा, रबिशा ढुंगाना तथा समर पाण्डेलाई छात्रवृत्ति प्रदान गरिएको थियो । डिस्ट्रिक गर्भनर विनोद कोइरालाले रोटरी आन्दोलनको वर्तमान अवस्था र भविष्यबारे बताएका थिए । कार्यक्रममा संस्थालाई विभिन्न कोणबाट सहयोग गर्नेहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।