रानीजमरा–कुलारिया सिँचाइ आयोजनाको काम सम्पन्न, आज प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली आज कैलाली भ्रमणमा जाँदैछन्। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन तथा स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री ओली कैलाली जान लागेका हुन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालका अनुसार प्रधानमन्त्री ओलीले चिसापानीस्थित आयोजनाको मुहान (इन्टेक) क्षेत्रको स्थलगत अनुगमन गर्नेछन् । साथै, कटासेस्थित जलविद्युत् गृहको पनि उनीद्वारा उद्घाटन गरिने कार्यक्रम छ।
कर्णाली नदीको मूल इन्टेक रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजना दुई चरणमा निर्माण सम्पन्न गरिएको हो। आयोजनाले कैलाली जिल्लाको दक्षिणपूर्वी क्षेत्रमा करिब ३० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ।






