बागमती कांग्रेस- संसदीय दलको नेताबाट बहादुर बहिरिए, लामाको पक्षमा १५ र बानियाँको पक्षमा २२ सांसद

काठमाडौं /नेपाली कांग्रेस बागमती संसदीय दलको नेता बहादुरसिंह लामाले  हैसियत गुमाएका छन् ।

आज भएको मत विभाजनमा मुख्यमन्त्रीसमेत रहेका दलका नेता लामाको पक्षमा १५ र विपक्षमा २२ सांसदले मत दायर गरे। प्रदेशसभामा कांग्रेसका ३७ सदस्य छन्।  

यससँगै अब यहाँ इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ।  दलका नेता लामाविरुद्ध बानियाँ नेतृत्वमा २१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको थियो। नेपाली नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं परिवेक्षक राजन केसीको नेतृत्वमा अविश्वासको प्रस्तावमाथि मतविभाजन भएको हो।  अविश्वासको प्रस्तावमा २१ सांसदले हस्ताक्षर गरेका थिए। 

दुई-तीन दिनपछि मात्रै संसदीय दलको नेता चयनको प्रकृया अघि बढ्ने लामाले  जानकारी दिए । उनले केन्द्रीय समितिमा छलफल गरेर संसदीय दलको नेता चयनको मिति तय हुने बताए ।