शहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
पाँचखाल/नेपाल रेडक्रस सोसाइटी वेला माहाँकाल उप–शाखाले बेला शहरी स्वास्थ केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
उप शाखाका संयोजक अर्जुन सापकोटाले स्वास्थ्य केन्दकी अहेव शुसिला सेडाईलाई गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरि डिगनिटी किट २० झोला, झुल ५० थान र पानी सफा गर्ने औषधि १ प्याकेट हस्तान्तरण गरेका छन् । उ
प–शाखाले विभिन्न सघं सस्थालाई विभिन्न सामाजिक कार्य गर्दै आएको सापकोटाले बताए । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा रेडक्रस उपशाखाका निल प्रसाद पराजुली, केदार प्रसाद सापकोटा, अच्युत सापकोटा, सम्झना मिजार, बद्री अधिकारी लगाएतका उपस्थिती रहेको थियो ।






